समाचार

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने 

१५ फागुन, काठमाडौँ । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। आज बसेको पार्टी केन्द्रीय समिति बैठकले अर्को निर्णय नहुँदासम्म  सरकारलाई दिएको समर्थन कायम नै रहने निर्णय गरेको हो। 

 सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादमा कैफियत देखिएको भन्दै गृहमन्त्री र सांसद पद नै खारेज गरेपछि गत २२ माघमा सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । 

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले काँग्रेससँग नयाँ गठबन्धन बनाएपछि एमाले र राप्रपा सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएका छन् । रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ ।