समाचार

स्वतन्त्र विद्यार्थी युनियनको आज निर्वाचन हुँदै

५ चैत्र, काठमाडौँ । त्रिविका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को आज निर्वाचन हुँदैछ । 

मतदान गर्ने समय बिहान ८ बजे देखी अपरान्ह्र चार बजेसम्मका लागि तोकिएको छ । 

त्रिविका ६२ आंगीक र १ हजार ४० सम्बन्धन क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने भएको छ । 

स्ववियुको निर्वाचन विगत केही समय देखी हुन नसकेता पनि हरेक दुई—दुई वर्षमा हुने गर्दछ ।  कतिपय क्याम्पसमा निर्विरोध रुपमा नेतृत्व चयन भईसकेका छन् ।