समाचार

कोशी नामाकरणको विरोधमा प्रर्दशनी र प्रहरीको झडप

५चैत, काठमाडाैँ । प्रदेश नम्बर १ को कोशी नामाकरण गरेको विरोधमा आदीबासी जनजातिले गरेको प्रर्दशनी अनीयन्त्रीत भएपछि शसस्त्र प्रहरीले केही राउण्ड हवाई फाइर गरेको छ । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीचकाे झडपले विराटनगर तनावग्रस्त बनेको छ ।
प्रहरीले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेपनि अनीयन्त्रीत भएपछि शसस्त्र प्रहरीले केही राउण्ड हवाई फाइर गरेका हुन् ।