समाचार

पेस्तोल पड्कीँदा पूर्वमन्त्री बर्षमान पुनकी माता घाइते

२बैशाख, काठमाडौँ । पेस्तोल पड्कीदा गोली लागि पूर्वमन्त्री बर्षमान पुनका माता तिर्थमाली पुन घाइते भएकी छन् । प्रहरी सहायक हवल्दार प्रकाश पुनले बोकेको पेस्तोल पड्कीदा देब्रे खुट्टामा गोली लागि घाइते भएकी हुन् । उनलाई अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले सहायक हवल्दार प्रकाश पुनलाई नियन्त्रणमा लिइ अनुसन्धान गरीरहेको छ । नातामा उनी तिर्थमालीका नाती हुन् । गोली शुक्रवार बेलुका ९ बजे चले पछि भागेका प्रहरीलाइ सनिवार बिहान प्रहरीले नियन्त्रमा लिएको हो । प्रकाश कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीका सुरक्षा गार्ड भएको बताइएको छ ।