समाचार

संखुवासभाको फ्याक्सीन्दामा सुख्खा पहिरो खस्दा अरुण नदी थुनियो

१७ बैशाख, संखुवासभा । संखुवासभाको फ्याक्सीन्दामा सुख्खा पहिरो खस्दा अरुण नदी थुनिएको छ । ९ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माणधिन उक्त स्थानमा आइतबार बिहान पहिरो खसेकाले डाइभर्सनबाट नदीलाई बगाउने प्रयास भइरहेको छ ।
पहिरोले निर्माणस्थलका टनेल थुनिएपछि ड्यामसाइडबाट नदीको पानी फ्लो गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् ।
पहिरोले थुनिएको अरुण नदि खतरा नभएता पनि नदिको बहाव नियमित मार्गबाट गराउन केहि समय लाग्ने प्रहरीले बताएका छन् ।