समाचार

प्रधानमन्त्री दाहालको चीन भ्रमण स्वीकृत, यस्तो छ कार्यक्रम तालिका

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण स्वीकृत भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर ५ असोजमा चीनको हाङजाओ प्रस्ताथन गर्ने तय भएको छ । चीन भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले हाङजाओमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट्ने कार्यक्रम रहेको र सोही दिन उनी १९ औं एसियन गेमको उदघाटन समारोहमा पनि सहभागी हुनेछन् ।

त्यस्तै, उनको २५ सेप्टेम्बरमा राजधानी बेइजिङमा समकक्षी लि छ्याङसँग औपचारिक भेटघाट र द्विपक्षी वार्ता गर्ने कार्यतालिका रहेको छ । उक्त भेटघाटपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछीङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधिको विकासका क्षेत्रको अवलोक गर्ने कार्यक्रम रहेको छ ।