समाचार

पोखरीमा डुबेर बालकको मृत्यु

२९ भदौ, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पङ्कज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

आफ्नै घर अगाडि खेल्दै गरेको बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पानीमा पुगेपछि उनको सोही पोखरीमा डुबेर आज मृत्यु भएको हो । घर बाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलाश गरेको र अन्तःमा पोखरीमा मृतावस्थामा फेला परेको थियो ।