समाचार

भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री दाहाल पुगे बझाङ

१९ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल बझाङ आइपुगेका छन् । प्रधानमन्त्री दाहाल भूकम्प प्रभावितको स्थिति बुझ्न नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् ।

उनले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने छन् । प्रधानमन्त्री दाहालले भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु अबलोकन गर्ने छन् ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ ।