समाचार

सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

२० असोज, दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनाबाट तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६ की ४० वर्षीया अनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको छन् र घाइतेहरुलाई थप उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।