समाचार

इजराइलमा भएको आक्रमणमा १० जना नेपालीको मृत्यु (विवरणसहित)

२१ असोज, काठमाडौँ । इजराइलमा भएको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको छ। पराष्ट्र मन्त्रालयका अनुसार प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह, मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।

हेर्नुहोस विवरणसहित :