समाचार

माडवारी व्यवसायीको विरोध गरेका दुर्गा प्रसाईंलाई कालोमोसो !

२२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले काठमाडौंमा कालोमोसो दलेका छन् ।

राजधानीको एक होटलमा दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन गरि बाहिरिएलगत्तै प्रसाईंलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । माडवारी व्यवसायीहरुको तिव्र विरोध गरेका उनलाई आज अज्ञात समुहले कालोमोसो दलेका छन् ।

झापाको बिएण्डसी अस्पतालका मालिकसमेत रहेका उनले बैंकर, गणतन्त्रबादीलगायतको मिडियामा बिरोध गर्दै आएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग निकट सम्बन्ध रहेर पार्टीका नेतासमेत बनेका प्रसाई पछिल्लो समयमा एमाले छाडेर स्वतन्त्र छन् । एकताका प्रसाईंले आफैं कालोमोसो अभियानसमेत चलाएका थिए ।