समाचार

आन्दोलनरत कर्मचारीमाथि प्रहरीको लाठी, केहि घाइते

२२ असोज, काठमाडौं । नेपाल प्रहरीले संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि लाठीचार्ज गरेको छ । लाठीचार्जबाट केही स्थानीय तहका कर्मचारी घाइते भएका छन् ।

विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।