समाचार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियोको नेपाल भ्रमण स्थगित

२३ असोज, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

यही असोज २६ गतेदेखि २९ गतेसम्म महासचिव गुटरेसको नेपाल भ्रमण इसराइल घटनाले गर्दा स्थगित भएको हो । महासचिव गुटरेसको नेपाल भ्रमण चाडै नै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने तय भएको थियो ।