समाचार

जिल्ला सम्मेलनमा सरिक हुन शेखर-गगन लगायतका नेता हेलिकोप्टरमार्फत आईपुगे ओखलढुंगा

ओखलढुंगा । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला, महामन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य रामहरी खतिवडा, केन्द्रीय सदस्य राजीव कोईराला, प्रदेश १ का सभापति उद्धब थापालगायतका काँग्रेस नेताहरु आईपुगेका छन् । नेपाली काँग्रेस ओखलढुंगाको आज र भोली हुने प्रथम जिल्ला सम्मेलनमा सरिक हुन उनीहरु आज हेलिकप्टरमार्फत ओखलढुंगा आई पुगेका हुन् ।

अल्टिच्युड एयरको हेलीकोप्टरमार्फत करिब ४५ मिनेटको यात्रा तय गरी कार्यक्रमस्थल पुगेको कोशी प्रदेशका काँग्रेस सभापति उद्धब थापाले जानकारी दिए ।

१३ औ माहाधिवेशनमा भाग लिएका १४ सय क्षेत्रीय प्रतिनिधि सहित सबै स्थानीय तहका पदधिकारीहरु, जिल्ला कार्यसमितिका सम्पुर्ण सदस्यहरु सहित पदधिकारीहरुको उपस्थीतीमा प्रथम जिल्ला सम्मेलन गर्न लागिएको बताइएको छ ।


नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रमुख अतिथी रहने उक्त सम्मेलनमा देशभरका अधिकाँस अगुवा काँग्रेसका नेता कार्यकर्ताहरु पुगिसकेका छन् । नेपाली काँग्रेसका जिल्ला, प्रदेश, स्थानीय तहलगायतमा सम्मेलनहरु भईरहेका छन् ।

ओखलढुंगा पार्टीले सभापति देउवा र बरिष्ठ नेता डा कोईराला तथा महामन्त्री थापालाई एउटै मञ्चमा राखेर भब्य कार्यक्रम अयोजना गर्न लागेको हो । यसबाट काँग्रेसमा गुटबन्दी नभएको सन्देश जाने सहभागी काँग्रेसजनको दाबी छ ।