समाचार

हत्कडीसहित अदालततबाट थुनुवा फरार

१८ पुसु, काठमान्डौं । काठमाडौँ जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

आज म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार भएका हुन् । उनी डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए ।

उनको खोजी कार्यको लागी उपत्यकाका सबै नाका तथा प्रहरी वृत्तमा जानकारी गराइ तीव्र पारिएको प्रहरीले जनाएको छ ।