अन्तर्राष्ट्रिय

चीनमा अपरणमा परेका ४ जना बालबालिकाको उद्धार

१८ माघ, बेइजिङ । चीनमा अपहरणमा परेका ४ बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ ।
हालै हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका अपहरणमा परेका चार बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

ती बालबालिका सन् २००२ र २००३ को बीचमा हुबेईमा वाङ हाओवेन लगायत संदिग्ध व्यक्तिहरूले अपहरण गरेका ११ बालबालिकामध्ये चार जना हुन्। वाङलाई पहिलो पटक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो र अहिले दोस्रो पटक मुद्दा चलिरहेको छ ।

मन्त्रालयका अधिकारीले जनाए अनुसार चीनमा बालबालिकाको अपहरण वा लुटपाटका मुद्दाहरूको सङ्ख्या घटेर वार्षिक १० भन्दा कम भएको छ । र साथै सबै मुद्दा छोटो अवधिमा समाधान भएको छ ।