अन्तर्राष्ट्रिय

उत्तर भारतमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु

२२ माघ, नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ ।

कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण दृश्यतामा कमी आउँदा सडक दुर्घटना भएको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक निरीक्षणपछि बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुई किशोरलाई स्थानीयले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् । छिमेकी राज्य मध्य प्रदेशमा विवाह पूर्वको समारोहबाट फर्किरहेका उनीहरूको गाडी दुर्घटनामा परेको थियो ।

उत्तर भारतका धेरै भागहरूमा विगत केही दिनदेखि बिहानको समयमा बाक्लो कुहिरो लागिरहेको छ । यसले हवाई, रेल र सडक यातायातमा प्रतिकूल प्रभाव पारेको छ । उत्तर भारतका पहाडी राज्यहरू हिमाचल प्रदेश र उत्तराखण्डका केही क्षेत्रहरूमा शनिबारदेखि हिमपात भइरहेको छ ।