साहित्य

यात्रा

                                            -डा सुरेन्द्र सिटौला             – कविता

यात्रामा कोहि थिएन
म एक्लै अलमल्ल हिड्दै थिए
म भित्र निशब्द सुन्यमा
मेरो मन पनि एक्लै थियो
सुन्यताको तिक्तता लाई तोड्दै
मनले खुसुक्क भन्यो
जाउ तिमी अव
जवानीमा रमाउ
साटेर पसिना कर्म सग
ऐश्वर्यको महल बनाउ
त्याहा भित्र
सपनाको सुख सजाउ
अनि
सदाबहार घर परिवार
बिपनाको आनन्दमा रमाउ
बिर्सेर सारा लाई
जीवनको महफिल सजाउ
संसारी रङ्ग मन्चमा
बिजयी गीत गाउ
अनि
कुबेरी महल भित्र
आफू एक्लै रमाउ
उसले भने जस्तै
म एक्लै रमाए
भौतिक दुःख लाई
इतिहासको बन्दी बनाए
क्षणिक आनन्दमा
सबैले सुन्ने गरि
पुरुषार्थको गीत गाए
जवानी उर्जाका रहर हरु
भबिष्यको
चर्को ब्याज मरौनिमा लगाए
परिणामतस्
जवानीको मलामी
आफै बन्नु पर्ने
अनौठो उपहार पाए
थाहै नपाइ जरावस्था लाई
अभिन्न जीवन साथी बनाए
जरा दुस्ख लाई
आफू भित्रै सजाए
आज म
त्यो मनलाइ त्यही खोज्दैछु
तर उ त्याहा छैन
भन्छ
तैले खोजेको मन
म हुदै होइन
लाग्छ अब !
यात्रामा जितेको इतिहास
समयको बिष्मृतीमा थन्क्याउदै
मैले पराजयमा रमाउनु पर्छ
समय सगै मिलेर
जीवनको मीठो गीत गाउनु पर्छ
अब !
छट्टु मन सग होइन
चैतन्य सगै रमाउनु पर्छ
यात्रामा थाके पनि
यात्राको राजमार्ग समाउनु पर्छ
आफै सग हारेर
हारको उत्सब मनाउनु पर्छ