पु.समाचार

असार ७ गतेसम्म निशेधाज्ञा थप्ने उपत्यकाका सिडिओको निर्णय, यस्ता क्षेत्रमा भए खुकुलो

३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा असार ७ गतेसम्मका लागि निशेधाज्ञा थप गरिएको छ । असार ३१ गतेसम्मका लागि यसअघि थपीएको निशेधाज्ञा पुनः ७ गतेका लागि थप गरिएको छ । निशेधाज्ञा एकहप्ताका लागि थप गरिएको भएपनि बिहान ९ बसेसम्ममात्र खोल्न पाईने तरकारी र किराना पसलहरु असार १ गतेबाट बिहान ११ बजेसम्मका लागि खोल्न पाईनेगरी खुकुलो गरिएको छ ।
बिहान ११ बजेसम्मका लागि पुस्तक पसलहरु खोल्न पाईने, राती ९ बजेपछिका लागि ढुवानी खोल्ने, सहकारीका रिमेट हप्तामा २ दिन खोल्ने, हार्डवेयर पसल बेलुकी ४ बजेपछि खोल्ने लगायतका निर्णयहरु गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिभिन्न खुकुलो पार्ने निर्णय गर्दै एक हप्ता निशेधाज्ञा गर्ने निर्णय गरिएको छ ।