प्रदेश 1

‘म पनि इनरुवाबासी हुँ’ भन्ने अपनत्वबोध गराउने विशेष कार्यक्रमसहितका प्रतिबद्धता गरे मेयर प्रत्याशी भण्डारीले सार्बजनिक

१८ बैसाख, इनरुवा । नेपाली काँग्रेसका सुनसरी सभापति एबम् इनरुवा नगरपालीकाका केयरका उम्मेद्वार केदार भण्डारीले आफ्नो निर्बाचनपछिको प्रतिबद्धता सार्बजनिक गरेका छन् ।
उनले स्थानीय तह निर्वाचन २०७९ का लागि नगरप्रमुखका प्रत्यासी केदार भण्डारी नेतृत्वले इनरुवालाई बनाउन लागि पर्ने प्रतिबद्धताहरु सार्बजनिक गरेका छन् । इनरुवाको उपमेयरमा बिनिताकुमारी मेहताले उम्मेद्वारी दिएकी छन् ।
मेयर प्रत्याशी सभापति भण्डारीका प्रतिबद्धताहरुः
नेपाली काङ्ग्रेस इनरुवा नगर कार्य समितिको सङ्कल्प –
– कृषि र सिँचाइको समस्या समाधान तथा बाढी नियन्त्रण अग्र–प्राथमिकता ।
– सङ्कल्प (प्रतिबद्धता) कार्यान्वय तथा नगरस्तरीय अनुगमन समिति ।
– नगरस्तरीय गुनासो सुनुवाइ तथा कार्यान्वयन सुझाव डेस्क ।
– नगरवासीको हितमा नगरक्षेत्रको जनशक्ति, स्रोत–साधनको अधिकतम् सदुपयोग ।
– भ्रष्टाचारमा शून्य सहनशीलता ।
– आर्थिक तथा सामाजिक अपराध न्यूनीकरणका लागि जन–सहकार्य ।
– वैदेशिक रोजगारी निरुत्साहन, आन्तरिक रोजगारी प्रवर्धन ।
– नगरबाट बसाइ–सराइको दर निरुत्साहन ।
– ‘नगरको दक्ष जनशक्ति नगरकै लागि’ विशेष कार्यक्रम ।
– अभिभावक शिक्षा अभियान ।
– नगरका सामुदायिक विद्यालय तथा मदरसामा विशेष अतिरिक्त शैक्षिक क्रियाकलाप ।
– मावि तथा उच्चशिक्षा अध्ययन केन्द्रलक्षित मनोसामाजिक परामर्शकर्ता ।
– सीमान्तकृत, अति–विपन्न, दलित तथा अल्पसङ्ख्यक समुदायका बालबालिकालाई निःशुल्क चिकित्सा, इन्जिनियरिङ, नर्सिङ, कृषि, भेटेरिनरी शिक्षा स्नातकसम्म ।
– इनरुवाको पहिचान र साहित्यको इतिहास सङ्कलन तथा अभिलेखीकरण ।
– नगरमा आयोजना हुने कुनै पनि सार्वजनिक कार्यक्रमको आय–व्यय विवरण कार्यक्रमको अन्त्यमा सार्वजनिक गर्ने पद्धति विकासका लागि सहजीकरण ।
– निर्माणाधीन महानन्द वाटिका र युएन पार्क नगर प्राथमिकताको योजना ।
– हिंसापीडित, अति–गरिब समुदायलक्षित निःशुल्क कानुनी परामर्श तथा उपचार सेवाकेन्द्र ।
– नगरस्तरीय ज्येष्ठ नागरिक सहायता तथा अनुभव आदान–प्रदान केन्द्र ।
– प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र ।
– समाज कल्याण मन्त्रालयले दिने परिचय–पत्र र सुविधामा घरदैलो सेवा ।
– युवा एकल महिलालाई रोजगारीमा पहिलो प्राथमिकता ।
– महिलालक्षित निःशुल्क सिप विकास तालिम ।
– नियमित वृक्षरोपण तथा संरक्षण अभियान ।
– सुनसरी खोलाकिनार, गडुवान खोलाकिनार, बबिया, जल्पापुर तथा डुम्राहा, भिठ टोलमा पर्या–पर्यटन पार्क एवम् वनभोजस्थल ।
– इनरुवा २ मा मानकी पण्डितस्मृति उद्यान ।
– चक्रपथ निर्माण तथा भित्री–बजार स्तरोन्नति गुरुयोजना ।
– दुहवी–इनरुवा तथा हरिनगरा–इनरुवा करिडोरमा सोलार बत्ती तथा सौन्दर्यकरण ।
– सेवानिवृत्त कर्मचारी, शिक्षक, सुरक्षाकर्मीको सिप र क्षमताको व्यावसायिक उपयोग ।
– संस्थागत शिक्षक समस्या समाधान सुझाव सङ्कलन विज्ञ समिति ।
– कृषक तथा सहकारी अनुभव आदान–प्रदान भ्रमणमा सहजीकरण ।
– प्रत्येक वर्ष पाँच पत्रकारलाई अनुभव आदान–प्रदान भारत भ्रमण तथा पत्रकारिता विषयमा उच्चशिक्षा अध्ययनको अवसर ।
– नगरका सञ्चारमाध्यमलाई कागज तथा उपकरण खरिदमा सहयोग ।
– इनरुवा रङ्गशालाको काम एक वर्षभित्र सम्पन्न गरी प्रदेशस्तरको क्रिकेट, फुटबल र भलिबल प्रतियोगिता ।
– हरेक चोकमा पहिचान झल्किने दिशा–निर्देश सङ्केत पाटी ।
– चाँदबेलामा थारु–खवास सांस्कृतिक सङ्ग्रहालय ।
– थारु परम्परागत सिपमा आधारित सामग्री ब्रान्डिङ तथा बजारीकरण ।
– नगरस्तरीय झाँगड नाच एवम् पञ्चे बाजा टोली निर्माण तथा संरक्षण ।
– नकुहिने फोहोर प्रशोधन केन्द्र निर्माणका लागि विशेष पहल ।
– ‘म पनि इनरुवाबासी हुँ’ भन्ने अपनत्वबोध गराउने विशेष कार्यक्रममा युवा परिचालन ।
– २४ घण्टा तयारी दमकल र शव–वाहन ।
– ५० शय्याको नयाँ नगर अस्पताल ।
– शिक्षित बेरोजगार युवालक्षित नगर सेवा अवसर परियोजना ।
– कक्षा १२ उत्तीर्ण गर्न नसकेका युवालक्षित स्वरोजगारमुलक तालिम ।
– आर्सेनिकयुक्त पानीको स्रोतमाथिको निर्भरता उन्मूलन ।
– सामुदायिक विद्यालयहरूमा पुस्तकालय, इन्टरनेट र प्रयोगशाला ।
– इनरुवा भाषा, कला, साहित्य, सिर्जना परिषद् ।
– नजिकका बजारसम्म नगर यातायात । नगर यातायातमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क यात्रा ।
– खेलाडीको स्वास्थोपचार तथा जीवनवृत्तिका लागि विशेष प्रबन्ध ।
– बाह्रैमास सञ्चालनयोग्य, सुविधायुक्त कृषि बजार ।
– कभर्ड हलहरूको स्तरोन्नति तथा विस्तार ।
– नयाँ खेलमैदानका लागि पहल ।
– प्रत्येक वर्ष नगर खेलकुद सप्ताह आयोजना ।
– बाँसबाट निर्मित सामग्री उत्पादन उद्योग तथा उत्पादित सामग्रीको बजारीकरण ।
– अध्ययन–अनुसन्धान, लेखन, खेलकुद, सङ्गीत, कला क्षेत्रमा सिर्जनात्मक कामको अवसर ।
– कृषिमा आधारित उद्योग स्थापनाका लागि लगानीमैत्री नीति ।
– प्रत्येक वर्ष हजयात्री बिदाइ तथा ‘नगर विकास तथा सद्भावको दुआ’ प्रार्थना ।
– इनरुवा बजारको ट्राफिक समस्या समाधानका विशेष पहल ।
– नयाँ सोच आदान–प्रदान तथा सार्वजनिक सुनुवाइ कार्यक्रम ।
– वडा सुरक्षा कार्यालय तथा वडास्तरीय प्रहरी सहायता कक्ष ।
– वडा कार्यालयमातहत स्वस्थ्य स्वयम्सेविका, सामाजिक परिचालक तथा सुढिनी कर्मचारी ।
– सामुदायिक विद्यालयमा छात्रामैत्री तथा अपाङ्गमैत्री शौचालय निर्माणमा अनुदान ।
– सामुदायिक विद्यालयमा छात्रामैत्री विशेष–कक्ष तथा निःशुल्क सेनेटरी–प्याड ।
– सरकारी कार्यालय, सङ्घ–संस्था, वित्तीय संस्था, सामुदायिक केन्द्र आदिमा स्तनपान कक्ष तथा ¥याम्प अनिवार्य स्थापनाका लागि सहजीकरण ।
– बजार–क्षेत्र तथा वडामा सुलभ सार्वजनिक शौचालय ।
– सीमान्तकृत परिवारलाई उन्नत जातको बाख्रा अनुदान ।
– इनरुवाको इतिहास जोडिएको सुनसरी प्राविको पुनःजीवनका लागि पहल ।
– कुडुख, मुसहर, मगर तथा थारु जातीय सङ्ग्रहालय बनाउन सहयोग ।
– दिनाभद्री थान, ग्रामथान, आश्रम, मठ–मन्दिर, स्मारक, इदगाह, कब्रिस्तान, घाट, चर्च, गुम्बा, पुरातात्विक पोखरी, इनार, सिरुवा मेलास्थल आदिको संरक्षण तथा निरन्तरताको प्रत्याभूति ।
– फुड–फेस्टिवल तथा कृषि उपज महोत्सव ।
– दसैँ–तिहार महोत्सव तथा सांस्कृतिक कार्यक्रममा प्रोत्साहन सहयोग ।
– सीमान्तकृत, अतिविपन्न परिवारलाई खानेपानी तथा बिजुलीको मिटर जडानमा सहयोग ।
– ७० वर्षमाथिका नागरिक, गरिब, विपन्न परिवारलक्षित निःशुल्क स्वास्थ्य बिमा ।
– बबियादेखि गढी गाउँपालिकाको सिमाना हुँदै बर्छवा, चाँदबेला, मधेसा राजमार्ग जोड्ने सिटी–लिङ्क रोड ।
– सिटी–लिङ्क रोडमा पर्ने चोकमा बजार विस्तार परियोजना ।
– महिला, मुस्लिम, दलित, जनजातिको नगरस्तरीय समस्या समाधान सुझाव आयोग ।
– झोडाकालका आदिवासी अगुवा नागरिकको पहिचान तथा सम्मान स्मारक ।
– सार्वजनिक लेखाइ तथा भाषा शुद्धीकरण सचेतना अभियान ।
– बाहिर पढ्न जाने विद्यार्थी इनरुवामै रोकिने शैक्षिक वातावरण निर्माणमा सहजीकरण ।
– सुनसरी क्याम्पसमा कानुन सङ्काय । नगर कानुनी साक्षरता अभियान ।
– पाँच वर्षभित्र सबै कच्ची शाखा सडकको स्तरोन्नति ।
– सुविधायुक्त नगर पुस्तकालय, सामुदायिक इ–लाइब्रेरी तथा नगर सूचना–केन्द्र ।
– भगवती माविलाई विज्ञान विषयसहितको उच्चमाविमा स्तरोन्नति ।
– अति–गरिब तथा सीमान्तकृत समुदायका महिलालाई निःशुल्क औषधि तथा सुरक्षित सुत्केरी–सामग्री, पोषिलो–खाना ।
– कबाडीरहित सरकारी कार्यालय तथा सामुदायिक सङ्घ–संस्था ।
– मोतीयाबिन्दु, जलबिन्दुका बिरामीको निशुल्क उपचार ।
– सुकुमवासी समस्या समाधानका लागि एकीकृत नगर–बस्ती आयोजनाका लागि पहल ।
– इनरुवा बजारका व्यापारीका लागि उद्योग–वाणिज्य सङ्घसँगको सहकार्यमा विशेष कार्यक्रम ।
– ६ महिनाभित्र नगरको आधिकारिक तथ्याङ्क सङ्कलन तथा नगर प्रोफाइल ।
– इनरुवा–रामधुनी धार्मिक सडक स्तरोन्नति परियोजना ।
– निःशुल्क कृषि विद्युतीकरण ।


– नगरस्तरीय बजेट प्रस्तुति तथा छलफलको प्रत्यक्ष प्रसारण ।
– मुख्य बजार क्षेत्रमा गुणस्तरीय सिसिटिभी तथा नागरिक अनुगमन ।
– जन्मदेखि मरणसम्म काङ्ग्रेसको साथ अभियान ।
आदरणीय नगरवासी आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी !
इनरुवाको पहिचान, नगरविकास तथा समृद्धिका लागि इनरुवा नगरपालिकाले सुरु गरेका जनमुखी कार्यक्रमलाई निरन्तरता दिनेछौँ । आलोचित हुने काम गर्ने छैनौँ । काम गर्ने क्रममा कुनै विवाद भए तत्काल समीक्षा तथा सार्वजनिक सुनुवाइ गरी बहुमत नगरवासीबाट प्राप्त सुझावलाई शिरोपर गर्नेर्छौँ ।
आदरणीय मतदाताबाट विवेकपूर्ण निर्णय हुनेछ भन्नेमा नेपाली काङ्ग्रेस इनरुवा नगर समितिको विश्वास छ ।
इनरुवामा कसले के गरिरहेको छ – इनरुवा बस्नेहरूलाई थाहा छ । नगरको विकासका लागि अब कसले राम्रो काम गर्नसक्छ – उसैलाई इनरुवावासीको साथ रहनेछ ।
जय नेपाल ! जय इनरुवा !
।।।
नगर विकासमा स्थानीयको सहकार्य र अपनत्व ।
समृद्ध इनरुवाका लागि केदार भण्डारीको नेतृत्व ।
खेतदेखि बजारसम्म कृषिमा आधुनिकता ।
समुन्नत कृषि सहर इनरुवाको प्राथमिकता ।