राजनीति

काँग्रेस नेता गुरुगं, शर्मा, थापा र पौडेलले यसरी गरे आफ्नै सभापतिले ल्याएको अध्यादेशको कडा बिरोध

२६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगं, महामनत्री बिश्वप्रकाश शर्मा र गगन थापा अनि केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वले ल्याएको अध्यादेशको बिरोध गरेका छन् ।
चारै जना नेताहरुले अध्यादेशको खुलेर बिरोध गर्दै ट्वीट गरेका छन् ।

आज सरकारका प्रवक्ता एबम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अध्यादेशको बचाउ गरेपनि काँग्रेसका आशलाग्दा र प्रभावशाली युवानेताहरुले अध्यादेशको खुलेर सबरोध गरेका हुन् ।


उपसभापति गुरुगंले भनेका छन्ः
अध्यादेश मार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ। प्रजातन्त्र भनेकै विधिको शासन हो। विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ।


बिश्वप्रकाश शर्माले भनेका छन्ः

सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य !

त्यसैले सार्वजनिक दर्ज होस् असहमति‘ !

संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत १ कानुनी र राजनैतिक प्रश्न मात्र होइन,
@PM_Nepal
यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !

गगन थापाले भनेका छन्

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ।अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ:

• अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।

• अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।

• अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ।

• अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।

यस्तै प्रदीप पौडेलले भनेका छन्
अध्यादेश हिजो पनि गलत थियो, आज पनि । पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ रु सबै विषयहरूको उचित हल हतारोमा अध्यादेश मार्फत् होईन, नव निर्वाचित संसद मार्फत् खोजौं ।
नेपाली काँग्रेसका शक्तीसाली सभापति शेरबहादुर देउवाले गरेका गलत कार्यको बिरुद्धमा युवा नेताहरुले आफ्नै पार्टी र्भपनि बोल्ने आँट गरेका छन् । काँग्रेसको संसदीय दलको निर्बाचनमा सबैभन्दा बलिया संसदीय दलका उम्मेद्वार भएपनि सभापति देउवालाई यस प्रकरणले नराम्रो असर गर्नसक्ने आँकलन राजनीतिकबृतमा हुने गरेको छ ।