समाचार

दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना सर्मथक पक्राउ

काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको भन्दै प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा सहित धार्मिक गुरु भनिने श्रीनिवास आचार्य समेत छन् । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् । उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।