समाचार

हत्यालगत्तै खुकुरी बोकेर भागेका भण्डारी पक्राउ

३१ भदौ, काठमाडौं । शुक्रबार राति तीनकुनेस्थित दिव्य स:मिलमा चार जनाको हत्या प्रकरणका आरोपी पक्राउ परेका छन् । प्रहरीले सीसीटीभी फुटेजका आधारमा आरोपी युवक सञ्जय भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारी दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार विहान पक्राउ परेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने भण्डारीले दोभासेमार्फत प्रहरीमा बयान दिएका छन् ।

उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।